चितवनमा घण्टी बजाएर रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन

चितवन । चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको औपचारिक उद्घाटन पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले सामूहिक रूपमा घण्टी बजाएर गरेका छन्।

उद्घाटन समारोहमा उपस्थित अन्य विशिष्ट अतिथिहरूले पनि घण्टी बजाएर महाधिवेशनको शुभारम्भमा सहभागिता जनाएका थिए। समारोहका क्रममा प्रधानमन्त्री शाहले नेपाली कांग्रेसका सभापति गगन थापालाई घण्टी हस्तान्तरण गरेका थिए, जसलाई महाधिवेशनस्थलमा उपस्थित प्रतिनिधि तथा सहभागीहरूले ताली बजाएर स्वागत गरेका थिए।

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन गर्ने, भावी राजनीतिक कार्यदिशा तय गर्ने तथा संगठनात्मक संरचनासम्बन्धी महत्वपूर्ण निर्णयहरू लिने अपेक्षा गरिएको छ। महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधि, पर्यवेक्षक र शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको छ।–00–

Share:

सम्बन्धित समाचारहरु