बैंकिङ कसुर मुद्दामा सुकुमबासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परियार पक्राउ

काठमाडौं । सुकुमबासी मोर्चाका कार्यवाहक अध्यक्ष तथा एमालेसँग आबद्ध नेता नारायण परियार (परिश्रमी) बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार उनीविरुद्ध परेको जाहेरीका आधारमा अनुसन्धान अघि बढाउन पक्राउ गरिएको हो।

यसैबीच, सरकारले बागमती नदी किनारामा बसोबास गर्दै आएका सुकुमबासीलाई शुक्रबार साँझसम्म स्थान खाली गर्न आग्रह गरेसँगै सुकुमबासी अगुवाहरू आन्दोलनको तयारीमा जुटिरहेका छन्। तर, परियारको पक्राउ उक्त घटनासँग सम्बन्धित नभएको प्रहरीले स्पष्ट पारेको छ। –00–

Share:

सम्बन्धित समाचारहरु