विराटनगरमा आगलागी हुँदा चार पसल जलेर नष्ट, तीन ‘फायरम्यान’ घाइते

बैशाख ६ मोरङ । विराटनगर महानगरपालिका–७ अस्पताल चोकमा रहेको होटल र पसलमा गएराति आगलागी हुँदा चार पसलमा क्षति पुगेको छ ।आगलागी नियन्त्रणका लागि खटिएका बारुणयन्त्रका तीन ‘फायरम्यान’ घाइते भएका छन् । 

विराटनगर महानगरपालिका वारुणयन्त्र कार्यालयका दिनेशकुमार चौधरीका अनुसार कुमारप्रसाद घिमिरेको घरमा सञ्चालित होटल र किराना पसल आगलागीबाट जलेर नष्ट भएको भएको छ । उक्त आगो विराटनगरका तीन र दुहवी नगरपालिकाको एक वारुणयन्त्र, प्रहरी र सर्वसाधारणको सहयोगमा आज बिहान २ बजे नियन्त्रणमा लिएको कार्यालयका फायरम्यान चौधरीले जानकारी दिनुभयो ।आगो के कसरी लागेको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ भने क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको चौधरीले बताउनुभयो ।

आगलागी नियन्त्रणका क्रममा खटिएका विराटनगर महानगरपालिकाका बारुणयन्त्रका फायरम्यान हवल्दार भिम बहादुर बिष्ट, जवानहरू अशेष दाहाल र प्रेम कुमार राजवंशी घाइते भएका हुन् ।आगलागी नियन्त्रणका क्रममा अचानक ग्याँस सिलिण्डर बिस्फोट हुँदा उनीहरूलाई आगोले पोलेको विराटनगर महानगरपालिकाका नगर प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए ।घाइते फायरम्यानहरूको कोसी अस्पतालमा उपचारपछि थप उपचारका लागि विराटनगरकै म्याक्स अस्पतालमा लगिएको जनाइएको छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु