चितवनमा आयूर्वेदिक औषधालयका कविराज माथी कालोमोसो

भरतपुर, ३१ जेठ । भरतपुरको शिवघाटस्थित आयुर्वेदिक औषधालयका कविराजलाई स्थानीयले कालोमुसो दलेका छन् । लामो समयदेखि कार्यालयमा उपस्थित नभएको आरोप लगाउँदै स्थानीयले कालोमोसो दलेका हुन् ।

औषधालयका कविराज देवराज लामिछानेलाई स्थानीय राजु पौडेल सहितको समूहले आज दिउँसो कार्यालयमै कालोमुसो दलको बताईएको छ । स्थानीयले निज लामिछाने लामो समयदेखि कार्यालयमा उपस्थित नभएको, औषधालयको सेवा प्रभावित भएको आरोप लगाउँदै कालोमोसो दलेका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले घटनामा संलग्न राजु पौडेलाई पक्राउ गरेको जनाएको छ । कार्यालयका सूचना अधिकारी डिएसपी विजयराज पाण्डितका अनुसार सोधपुछका लागि पौडेललाई ल्याईएको हो ।

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले घटनाबारे आफूलाई जानकारी आएको तर विस्तृत विवरण प्राप्त हुन नसकेको बताउनुभयो । उहाँले कर्मचारी कार्यालयमा अनुपस्थित भएको भए कारवाही हुने बताउँदै कालोमोसो दल्ने काम भने गलत भएको बताउनुभयो ।–00–

Share:

सम्बन्धित समाचारहरु