काठमाडौं । नेपाल टेलिकममा सेवा गुणस्तर सुधारका लागि व्यापक सुधार प्रक्रिया सुरु गरिएको छ।
विक्रम तिमिल्सिनाको निर्देशनपछि ग्राहक सेवा, मोबाइल डाटा व्यवस्थापन, डिजिटल सेवा र प्रशासनिक प्रक्रियामा सुधार ल्याउने कदम अघि बढाइएको हो।
डाटा प्याक सकिएपछि स्वतः मुख्य ब्यालेन्स काटिने व्यवस्था हटाइएको छ भने अब ९०% डाटा सकिँदा पूर्वसूचना आउनेछ र ‘पे–एज–यू–गो’ विकल्प पनि उपलब्ध हुनेछ। ‘वन टाइम केवाइसी’ प्रणाली लागू गरी ग्राहकलाई बारम्बार कागजात पेश गर्नुपर्ने झन्झट हटाइनेछ। साथै, ई–सिम, गुनासो व्यवस्थापन, सिम पुनःप्राप्ति लगायत सेवा अनलाइनबाट उपलब्ध गराउने तयारी छ।
ग्राहकका लागि ‘एकल विन्दु सेवा’ कक्ष स्थापना र फोर–जी नेटवर्क सुधारको काम पनि अगाडि बढाइएको मन्त्रालयले जनाएको छ।–00—


