काठमाडौँ । डोनाल्ड ट्रम्पले इरानसँग तत्काल सम्झौता नभए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्।
CNN का अनुसार, पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले इरानमाथि सैन्य कारबाहीको सम्भावनालाई पुनः दोहोर्याएका हुन्। उनले इरानका पुल, भौतिक पूर्वाधार तथा ऊर्जा संरचना पूर्ण रूपमा ध्वस्त पार्न सकिने चेतावनी दिँदै अमेरिका आवश्यक परे कुनै पनि विकल्प प्रयोग गर्न तयार रहेको बताएका छन्।
ट्रम्पले भोलिसम्म सम्झौता नभए परिणाम अत्यन्त गम्भीर हुने भन्दै समयसीमा समेत तोकेका छन्। हालसम्म इरानले ट्रम्पको पछिल्लो चेतावनीबारे कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।


