सरकारले भरतपुर विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउने

चितवन, १५ जेठ । चितवनको भरतपुर विमानस्थललाई सरकारले क्षेत्रीय विमानस्थलको रुपमा विकास गर्ने भएको छ ।

 

अर्थमन्त्री डा. प्रकाशशरण महतले आव २०८०/०८१ को बजेट प्रस्तुत गर्दै क्षेत्रीय विमानस्थलको रुपमा विकास गरिने घोषणा गरेका हुन् । हाल भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माणको प्रक्रिया अघि बढेको छ भने रनवे पनि विस्तारको प्रक्रिया अघि बढाएको छ ।

Share:

सम्बन्धित समाचारहरु