कालिका, २६ साउन । चितवनको कालिका नगरपालिकाले शुक्रवार फूलका विरुवाहरु रोपेकोे छ ।
नगरपालिकाले वडा नं. ८ मा रहेको श्री कालिका मन्दिर परिसरमा ६ हजार सयपत्री फूलका विरुवाहरु रोपेको हो ।
कार्यक्रमका प्रमुख अतिथि रहेका कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले आगामी आर्थिक वर्षमा कालिकाका मन्दिर, बाटोघाटो, कुलकुलेसा वरिपरी सयपत्री फूलका विरुवा रोप्ने योजना रहेको बताए ।
उनले भने, “ढकमक्क सयपत्री फूल फुलाएर सुन्दरता ल्याउँछौं, यो सिजनल फूल हो अपसिजनका फूलहरु पनि रोपेर कालिका मन्दिर परिसरको सुनदरता ल्याउँछौं ।”
आफ्ना कौसिमा विभिन्न किसिमका फूलका बिरुवाहरु रोपेर सुन्दरता बढाउन सम्पूर्ण नगरवासीहरुलाई उनले आग्रह गरे । बिहानै उठेर फुलेको फूल हेर्नाले वास्तु अनुसार सकारात्मक सोच र सन्देश दिने भएकाले फूलका विरुवा खोजी खोजी रोप्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा उप मेयर विमला तामाङ, वडा नं. ८ का वडा अध्यक्ष चित्र वहादुर मगर, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष इम प्रसाद अधिकारी, उपाध्यक्ष पार्वती घिमिरे, टोल विकास संस्थाका अध्यक्ष लगाएतको उपस्तिथि थियो ।–00–

