प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान गरेका छन्। बैठक आज दिउँसो १ बजे बस्ने तय भएको छ।

उक्त बैठकबाट केही महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ। सामान्यतया मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्ने गरे पनि यसपटक आकस्मिक रूपमा बैठक बोलाइएको हो।

यसअघि आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी बिदा आइतबार पनि लागू गर्ने र कार्यालय समयसम्बन्धी व्यवस्थामा हेरफेर गर्ने निर्णय गरेको थियो। –00–

Share:

सम्बन्धित समाचारहरु