प्रतिनिधिसभाको सभामुखमा डीपी अर्यालको उम्मेदवारी, निर्विरोध चयन हुने सम्भावना

काठमाडौं । प्रतिनिधिसभाको नयाँ सभामुख पदका लागि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले मनोनयन दर्ता गराएका छन्।

रास्वपा संसदमा झण्डै दुईतिहाइ बहुमतको स्थितिमा रहेकाले सभामुख पदमा अन्य दलबाट उम्मेदवारी पर्ने सम्भावना न्यून देखिएको छ। यस्तो अवस्थामा अर्याल निर्विरोध निर्वाचित हुने आकलन गरिएको छ।

निर्वाचन कार्यतालिका अनुसार आज दिउँसो साढे २ बजेदेखि उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन गरिनेछ। दर्ता भएका प्रस्तावहरू आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुत हुनेछन्, जहाँ प्रस्तावकले प्रस्ताव पेश गर्ने, समर्थकले समर्थन जनाउने र त्यसपछि सामूहिक छलफलपश्चात् निर्णयार्थ प्रस्तुत गरिने व्यवस्था रहेको छ।

यसअघि बिहीबार बसेको रास्वपाको संसदीय दलको बैठकले अर्याललाई सभामुख पदका लागि अघि सार्ने निर्णय गरेको थियो।

Share:

सम्बन्धित समाचारहरु