चितवन । देवघाटधामको पावन भूमिमा सोमबार एक प्रेरणादायी कार्यक्रम सम्पन्न भएको छ। वामी विश्व सम्पर्क मञ्च, चितवन शाखाले भगवत् भक्ति मार्गमा जीवन समर्पण गर्दै आएका वामी मूलका वृद्ध भक्तजनलाई सम्मान गरेको हो।
मिति २०८२ साल पुस २१ गते सोमबार देवघाटधाममा आयोजित कार्यक्रममा मुसिकोट नगरपालिका अन्तर्गत साबिक वामी टक्सार गाविसमा जन्मिएर लामो समयदेखि देवघाटधाममा आध्यात्मिक जीवन बिताइरहेका १० जना वृद्ध भक्तजनलाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा ९ जना भक्तिनी आमा र १ जना भक्त बुवा रहनुभएको छ।
कार्यक्रममा सम्मानित वृद्ध भक्तजनलाई टोपी, स्वीटर, बर्को र चप्पल वितरण गर्दै न्यानो मायासहित सम्मान गरिएको थियो। यस अवसरमा वृद्ध भक्तजनप्रति श्रद्धा, कृतज्ञता र सम्मान व्यक्त गरिएको आयोजकले जनाएको छ।
सम्मानित भक्तजनहरूमा चन्द्रकला भण्डारी, बालानन्द भण्डारी, धनकला काफ्ले, धनकला सापकोटा, मिठी अर्याल, इश्वरी काफ्ले, पार्वती सापकोटा, प्रेमानन्द सरस्वती, विमलानन्द सरस्वती र निलमणि खरेल रहनुभएको छ। उहाँहरूलाई संस्थाकी सल्लाहकार संयोजक शारदा शर्मा पौडेल र अध्यक्ष कृष्णहरि सापकोटाले सम्मानपत्रसहित न्यानो कपडा प्रदान गर्नुभयो।
संस्थाले यस कार्यक्रमका लागि पुस १५ गते नै निर्णय गरी स्वदेश तथा विदेशमा रहेका वामी मूलका समुदायसँग आर्थिक सहयोगको आह्वान गरेको थियो। सोही अनुरोधअनुसार उल्लेखनीय सहयोग जुटेको र सामूहिक सद्भावका कारण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको संस्थाले जनाएको छ।
कार्यक्रम सफल बनाउन लक्ष्मण पाण्डे (स्पेन), खिमानन्द खरेल (सिंगापुर – स्व. शक्तिमा खरेलको स्मृतिमा), प्रा.डा. ताराप्रसाद सापकोटा (काठमाडौँ), रिता ढकाल, भीष्म सापकोटा (बुटवल), ओमप्रकाश कंडेल (डाँसीकोट), लक्ष्मी सापकोटा, डा. संजीव सापकोटा (दलदले), रमेश काफ्ले, यदुमणि (मोहन) खरेल (गैंडाकोट) लगायतबाट सहयोग प्राप्त भएको थियो।
त्यसैगरी चितवन निवासी लक्ष्मी लामिछाने, कमला काफ्ले, चन्द्रकान्त काफ्ले, नारायण काफ्ले, दिनेश खाति, विक्रम सापकोटा, शारदा शर्मा पौडेल, भीमलाल खरेल, यमकला अर्याल, शान्ति कंडेल, डिलराज गैरे, अनिता काफ्ले सापकोटा र कृष्णहरि सापकोटाबाट समेत आर्थिक सहयोग प्राप्त भएको संस्थाले जनाएको छ। साथै चितवन निवासी विजय खरेलमार्फत स्व. दीर्घ न्युरेको पुण्य स्मृतिमा पनि सहयोग जुटेको थियो।
देवघाटधाममा जीवन समर्पण गरेका वृद्ध भक्तजनप्रति गरिएको यस सम्मानले वामी मूलका समुदायभित्र आपसी सद्भाव, संस्कृतिप्रतिको सम्मान र मानवीय संवेदनाको सुन्दर उदाहरण प्रस्तुत गरेको आयोजकको भनाइ छ। संस्थाले आगामी दिनमा पनि यस्ता सामाजिक तथा आध्यात्मिक सेवामूलक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।–00—
