बझाङको हिमपहिरोमा परेका एक जनाको शव फेला, दुईजना वेपत्ता, प्रहरीको उद्धारटोली भोलीमात्रै घटनास्थल पुग्ने

बझाङ, ७ जेठ । सुर्मा गाउँपालिकाको यार्चा संकलन क्षेत्र धानसेरी हिमालमा आएको हिमपहिरोमा परेका एक जनाको शव फेला परेको छ ।

हिमपहिरोमा पुरिएको अवस्थामा सुर्मा गाउँपालिका ३, काँटै गाउँकी ४० वर्षीया रामकोइला बोहराको शव फेला परेको हो । यस्तै हिमपहिरोमा परेर उनका श्रीमान ४० वर्षीय बाबजी बोहरा र जयपृथ्वी नगरपालिका वडा नं ११, मयानाका १४ वर्षीय आकाश धामी घाइते भएको प्रहरीले जनाएको छ । हिमपहिरोमा मयाना गाउँकै १८ वर्षीया जामती धामी र १४ वर्षीया जामती धामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी जागेश्वर भण्डारीले बताए ।

आइतबार दिउँसो ११ बजेतिर आएको हिमपहिरोमा उनीहरु पुरिएका थिए । पहिरोमा परेकाहरुको उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली त्यसतर्फ पठाइए पनि घटनास्थल पुग्न सकेको छैन । प्रहरी टोली भोलि सोमबार मात्रै घटनास्थल पुग्ने डीएसपी भण्डारीले बताए ।

घाइतेहरुलाई उपचारका लागि बोकेर सदरमुकाम चैनपुर ल्याउने काम भइरहेको र मृतकको शव पनि पोष्टमार्टमका लागि सदरमुकाम ल्याइँदै गरेको स्थानीयले बताएका छन् । –00–

Share:

सम्बन्धित समाचारहरु