चितवन, ८ चैत । भोलीदेखि नारायणी नदी किनार परिसरमा आयोजनाहुन लागेको प्रथम आदिवासी जनजाति सांस्कृतिक एवम् व्यवसायिक महोत्सवमा चितवनका थारु समुदायले आफ्नो उपस्थ्तिीलाई बलियो बनाउने निर्णय गरेको छ । जातिय संस्थाहरुको छाता संगठन आदिवासी जनजाति महासंघले आयोजनागर्न गरेको महोत्सवलाई सफल बनाउन थारु कल्याणकारिणी सभा, चितवनले प्रत्येक क्षेत्रवाट झाँकी सहित सहभागिहुँदैछ ।
थारु कल्याणकारिणी सभा चितवनले निर्धारण गरे अनुसार चितवनमा १० वटा क्षेत्रहरु छन् । चितवनका थारु समुदायवाट मात्रै कम्तिमा २० वटा समुह शोभा यात्रामा आफ्नो जातिय भेषभुषा र पहिचानसहित सहभागि हुँदैछन् ।
प्रत्येक क्षेत्रवाट शोभायात्रा सहित महोत्सवमा सभागिता जनाउन लागेको थारु कल्याणकारिणी सभा चितवनका जिल्ला सभापति ललितकुमार चौधरीले जानकारी दिनुभयो । आफ्नो जातिय भेषभुषा सहित सांस्कृतिक पहिचान झल्किनेगरी उपस्थिती जनाउँदैछन् । थारु कल्याणकारिणी सभा चितवनले प्रत्येक क्षेत्रलाई सहभागिताकालागि पत्रचार गरेको छ । उसो त महोत्सव परिसरमा थारु समुदायको पहिचान झल्किने घर समेत थारु समुदायले निर्माण गरिसकेको छ । महोत्सव अवधिभर चितवनका थारु समुदायले प्रत्येक दिन सांस्कृतिक प्रस्तुति समेत दिने तयारी गरिएको थारु कल्याणकारिणी सभा चितवनका उप सभापति पूर्ण महतोले जानकारी दिनुभयो ।
थारु कल्याणकारिणी सभाले यो वर्ष फागु पर्वपनि विशेष कार्यक्रमका साथ नारायणी नदी किनार (महोत्सव परिसर भित्रै ) मनाउने निर्णय गरेको छ । यो वर्ष चितवनका थारुहरुले तराईमा मनाउने दिननै फागु पर्व मनाउँने निर्णय समेत गरेको छ । परापूर्व कालदेखि साँस्कृतिक पर्व फागु पूर्णिमा परम्परागत रुप्मा मौलिक नाँच तथा कलाकौशल प्रर्दशनगर्दै हर्ष उल्लासका साथ फगुवा पर्व मनाउँदै आएका छन् । थारु कल्याणकारिणी सभा चितवनले आज एक विज्ञप्ति जारी गरि थारु समुदायलाई तराईमा मान्ने क्षेत्रपर्नै भएकाले फागु पूर्णीमा चैत ११ गते चिरदाह( सामत पोल्ने), मछुवारी र चैत १२ गते फगुवा पर्व मनाउन सबै थारुहरुलाई आग्रह समेत गरेको छ ।



—–00–

