रत्ननगर । चितवनको रत्ननगर नगरपालिका–७ मैनाहा खेल मैदानमा पहिलो पटक वडा स्तरीय “प्रथम दसैं कप २०८२” फुटबल प्रतियोगिता हुने भएको छ । असोज ११, १२ र १३ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको खेल तालिका आयोजकले सार्वजनिक गरेका छन् ।
प्रतियोगिताको पहिलो दिन (असोज ११) तीन वटा खेल हुनेछन् । बिहान ८ बजे र.न.पा–७ र र.न.पा–३बीच पहिलो खेल हुनेछ । त्यस्तै दिउँसो २:३० बजे र.न.पा–१ र र.न.पा–५ भिड्नेछन् भने दिउँसो ४:०० बजे र.न.पा–६ र र.न.पा–४ आमनेसामने हुनेछन् ।
असोज १२ गते बिहान ८ बजे र.न.पा–९ र र.न.पा–६बीच खेल हुनेछ । सोही दिन दिउँसो २:३० बजे पहिलो सेमीफाइनल र ४:०० बजे दोस्रो सेमीफाइनल खेलाइनेछ ।
फाइनल खेल असोज १३ गते दिउँसो ३ बजे हुने तय भएको आयोजकले जनाएका छन् ।
उक्त प्रतियोगिता प्याराडाइज युवा क्लब, सिसुवार र मैनाहा युवा क्लब, मैनाहाको संयुक्त आयोजनामा हुन लागेको हो ।



