चितवन । आजदेखि देशभर माध्यमिक शिक्षा परीक्षा (एसइई)सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय ९कक्षा १०० ले विगतझैँ एकै समयमा परीक्षा सञ्चालन गरेको हो।
बिहान ८ बजेदेखि सुरु भएको यस वर्षको एसइई परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ। परीक्षामा कुल ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थी सहभागी भएका छन्।
तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५ सय ६६ जना र ग्रेड वृद्धितर्फ ७० हजार ८ सय ५५ जना परीक्षार्थी रहेका छन्। यस वर्ष परीक्षामा सहभागी हुने छात्राको संख्या २ लाख ५७ हजार ६ सय १३ रहेको छ।

