यी हुन् बालेन सरकारका १५ मन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारका मन्त्रीहरूको सूची अन्तिम रूपमा तय गरिएको छ।

१५ सदस्यीय मन्त्रिपरिषद्‌मा विभिन्न क्षेत्र र समुदायलाई समेट्दै जिम्मेवारी बाँडफाँड गरिएको हो। सरकार गठनसँगै मन्त्रीहरूको जिम्मेवारी समेत तोकिएको छ।

हेर्नुस् मन्त्रीहरूको सूची:

  • बालेन्द्र शाह – प्रधानमन्त्री
  • स्वर्णिम वाग्ले – अर्थमन्त्री
  • सोविता गौतम – कानूनमन्त्री
  • शिशिर खनाल – परराष्ट्रमन्त्री
  • विराजभक्त श्रेष्ठ – उर्जामन्त्री
  • सुधन गुरुङ – गृहमन्त्री
  • अमरेश कुमार सिंह – उद्योगमन्त्री
  • प्रतिभा रावल – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री
  • गीता चौधरी – कृषिमन्त्री
  • विक्रम तिमल्सिना – सञ्चारमन्त्री
  • दिपक साह – श्रममन्त्री
  • सस्मित पोखरेल – शिक्षामन्त्री
  • खडक पौडेल – पर्यटनमन्त्री
  • सुनिल लम्साल – भौतिक पूर्वाधारमन्त्री
  • सीता वादी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री
  • निशा मेहता – स्वास्थ्य तथा जनसंख्या मन्त्री

नयाँ मन्त्रिपरिषद्ले देशको आर्थिक सुधार, सुशासन र विकासलाई प्राथमिकतामा राखेर काम गर्ने अपेक्षा गरिएको छ।

Share:

सम्बन्धित समाचारहरु