माघ ३ देखि निर्वाचन आचारसंहिता लागू हुने

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीलाई निर्वाचन आयोगका पदाधिकारीहरूले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लागू हुने निर्वाचन आचारसंहिताबारे शुक्रबार (पुस २५) जानकारी गराएका छन्।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्त तथा वरिष्ठ अधिकारीहरूले प्रधानमन्त्री कार्कीलाई भेट गरी निर्वाचनको तयारी, व्यवस्थापन तथा आचारसंहिता सम्बन्धी विषयमा छलफल गरेका हुन्।

भेटका क्रममा निर्वाचन आयोगले आगामी माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने जानकारी प्रधानमन्त्रीलाई दिएको छ।

उक्त भेटमा अर्थमन्त्री रामेश्वर खनाल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिकुमार सिन्हा तथा मुख्यसचिवलगायत सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु