प्रधानमन्त्रीको बैठकपछि निर्वाचनमा जान कांग्रेस–एमालेसहित प्रमुख दल सहमत

काठमाडौं । आउँदो फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा सहभागी हुन प्रमुख राजनीतिक दलहरू तयार भएका छन्।

शनिबार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको बैठकमा सहभागी प्रमुख तीन दलका शीर्ष नेताहरूले निर्वाचनमा जाने प्रतिबद्धता जनाएका हुन्। बैठकमा निर्वाचनको तयारी, राजनीतिक सहमति र सुरक्षाको विषयमा छलफल भएको बताइएको छ।

बैठकपछि नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै राजनीतिक दलहरू निर्वाचनमा सहभागी हुन तयार रहेको बताए। उनले भने, “सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौँ। कांग्रेस पनि रेडी छ, एमाले पनि रेडी छ, अन्य दलहरू पनि रेडी छन्। अब सरकारले सुरक्षाको वातावरण सुनिश्चित गर्नुपर्छ।”

देउवाले शान्तिपूर्ण र निष्पक्ष निर्वाचनका लागि सरकारको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै आवश्यक सुरक्षा व्यवस्था र राजनीतिक वातावरण निर्माणमा जोड दिए।–00–

Share:

सम्बन्धित समाचारहरु