काठमाडौं । प्रतिनिधिसभा उपसभामुख पदको चुनाव माघ ७ गते शनिवार हुने भएको छ । प्रतिनिधि सभाको बिहीवार बसेको बैठकमा ज्येष्ठ सदस्य सभामुख पशुपति समशेर जबराले सो घोषणा गरेका हुन् । साथै उनले प्रतिनिधि सभा उपसभामुखको चुनावको सूचना प्रकाशित गर्न पनि संसद सचिवालयलाई निर्देशन दिए । आजको बैठकले सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरेलाई निर्वाचित गरेको छ ।
उनको पक्षमा १६७ मत आएको छ भने नेपाली काँग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले सय मत प्राप्त गरे । त्यस्तै एक मत भने कसैलाई नदिने पक्षमा खसेको थियो । सभामुखका लागि महतदानमा २६८ सांसद सहभागी भएका थिए । सातदलीय गठबन्धनमा उपसभामुख पद राष्ट्रिय स्वतन्त्र पार्टीलाई परेको छ । पार्टीले भोलि उपसभामुखको उम्मेदवार टुंगो लगाउने भएको छ ।