सेनाको मेडिकल टिम हेलिकोप्टरबाट दुर्घटनास्थलतर्फ

आँबुखैरेनी बस दुर्घटना अपडेटः १४ जनाको शव निकालियो, १६ घाइते

तनहुँ, ७ भदौं ।

मर्स्याङ्दी नदीमा खसेको बसबाट १४ जनाको शव फेला परेको छ । १६ जनाको जिवितै उद्धार गरेर स्थानीय अस्पताल पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

शुक्रबार बिहान पोखरा हुँदै काठमाडौं आउँदै गरेको यूपी ५३ एसटी ७६२३ नम्बरको बस तनहुँको आँबुखैरेनीबाट मर्स्याङ्दी नदीमा खसेको थियो ।

उक्त बसमा ४१ यात्रु सवार रहेको खुलेको छ ।

साथै, नदीमा खसेको बसका घाइतेको उपचारका लागि नेपाली सेनाको मेडिकल टिम दुर्घटनास्थलतर्फ गएको छ ।

एमाआई–१७ हेलिकोप्टर मेडिकल टिमलाई लिएर काठमाडौंबाट दुर्घटनास्थलतर्फ गएको नेपाली सेनाले जनाएको छ ।

यात्रुबारे थप विवरण आउन बाँकी छ ।

Share:

सम्बन्धित समाचारहरु