बालेनसँगको वार्तापछि रविले संचारकर्मीहरुसँग भने- मेरो अनुहारले के भन्छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँगको भेटवार्ता सकेर निस्किएका छन् ।

वार्तास्थलबाट बाहिरिँदै सञ्चारकर्मीको जिज्ञासामा रविले संक्षेपमा प्रतिक्रिया दिँदै भने, “अनुहारमा के देख्नु भयो, त्यही हो।”

लामिछाने एक्लै बाहिर निस्किएका हुन् । वार्तामा सहभागी भएका अमरेश कुमार सिंह तथा मेयर साह भने अहिलेसम्म बाहिर निस्किएका छैनन् । यसैबीच ‘जेन–जी’ का पदाधिकारीहरू समेत मेयर साह निकट कुमार बेनको निवासभित्रै रहेको जनाइएको छ । भेटवार्ताको औपचारिक निष्कर्ष र विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन ।

राजनीतिक वृत्तमा यो भेटलाई वैकल्पिक राजनीतिक शक्ति निर्माण र आगामी राजनीतिक घटनाक्रमसँग जोडेर चासोका साथ हेरिएको छ ।–00–

Share:

सम्बन्धित समाचारहरु