काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ। बुधबारदेखि सुरु भएको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
यसअघि मंगलबार बसेको बैठकमा पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका संशोधन गर्नुपर्ने माग उठेको थियो। बैठकमा सहभागी अधिकांश सदस्यहरूले महाधिवेशनको कार्यतालिका अझ व्यवहारिक बनाउनुपर्ने धारणा राखेको प्रवक्ता महतले बताए।
बैठकमा महामन्त्री गगनकुमार थापाले महाधिवेशन तथा क्रियाशील सदस्यतासम्बन्धी विषयमा ब्रिफिङ गरेका थिए। उनले वडा र क्षेत्रीय अधिवेशन सम्पन्न गरेर सिधै केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका छन्।
थापाको प्रस्तावमाथि नेताहरूले धारणा राख्ने क्रम आजको बैठकमा पनि जारी रहने जनाइएको छ।–00–


