काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) आज अपराह्न सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरिँदैछ।
बजेट प्रस्तुत गर्नु अघि मध्यान्ह मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको छ। मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुनेछ। यसैदिन अपराह्न राष्ट्रिय योजना आयोगको बैठक पनि बस्ने प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ। बैठकको अध्यक्षता प्रधानमन्त्री एवं आयोगका अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्।
आज अपराह्न ३ः०० बजे उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सङ्घीय संसद्मा बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत भइसकेको छ भने अब बजेटमार्फत त्यसको कार्यान्वयन रणनीति र योजनागत खर्च विवरण सार्वजनिक गरिनेछ।


