फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता मस्यौदा जारी

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सुझावका लागि सार्वजनिक गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले आचारसंहिताको मस्यौदा जारी गरेको हो।

निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी, मितव्ययी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिताको मस्यौदा ल्याइएको आयोगले जनाएको छ। निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ अनुसार प्राप्त अधिकार प्रयोग गर्दै आयोगले सरोकारवाला पक्षबाट सल्लाह र सुझावका लागि मस्यौदा सार्वजनिक गरेको हो।

आचारसंहितामा १० वटा परिच्छेद र पाँचवटा अनुसूची समावेश छन्। यो आचारसंहिता लागू भएसँगै यसअघिको निर्वाचन आचारसंहिता–२०७९ खारेज हुने आयोगले स्पष्ट पारेको छ।

मस्यौदाअनुसार आचारसंहिता उल्लङ्घन गर्ने व्यक्तिको नाम सार्वजनिक गर्न सकिने व्यवस्था गरिएको छ। साथै विद्युतीय माध्यम तथा सूचना प्रविधिको प्रयोग गर्न सकिने र निर्वाचन घोषणापत्र सार्वजनिक गर्नुपर्ने प्रावधान पनि समावेश गरिएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु