– रेशम सापकोटा
चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २ क्षेत्रपुरस्थित ब्राइट स्टार समाज नेपाल को दशौँ वार्षिक साधारण सभा तथा सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम वडा नम्बर २ कै क्षेत्रपुरमा रहेको रामेश्वर पुस्तकालयको भवन मा आयोजना गरिएको थियो।
कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मनोज रानाभाट प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। विशिष्ट अतिथिका रूपमा बागमती प्रदेश बालअधिकार समिति सदस्य मञ्जु खाड, जनजाति महासङ्घ चितवनका पूर्व अध्यक्ष तथा सनफ्लावर बोर्डिङ स्कुलका संस्थापक प्राचार्य पदमबहादुर गुरुङ, रेडक्रस सोसाइटी नारायणगढ उपशाखाकी सभापति तथा लायन्स क्लब अफ क्रिएटिभ की संस्थापक अध्यक्ष कृपाराज भण्डारी, बालकुमारी माध्यमिक विद्यालयका निवर्तमान प्राचार्य तथा समाजसेवी शैक्षिक व्यक्तित्व हेरेम्बकुमार श्रेष्ठ रहनुभएको थियो।

यसैगरी अतिथिका रूपमा रामेश्वर पुस्तकालय तथा वाचनालयका अध्यक्ष विजय पराजुली, नारायणी पब्लिक स्कुलका प्राचार्य तथा प्याप्सन चितवनका सचिव बेदराज न्यौपाने, भरतपुर महानगरपालिका उद्योग विकास सहजकर्ता रत्नपुरी, ब्राइट स्टार समाज नेपालका सल्लाहकार तथा रामेश्वर पुस्तकालय तथा वाचनालयका पूर्व अध्यक्ष राजेन्द्र वाग्ले, रामेश्वर पुस्तकालयका भूमिदाता पूर्व शिक्षक समाजसेवी रामकृष्ण गुरुङ, रामेश्वर टोल विकास संस्थाका अध्यक्ष किशोर पाण्डे, वडा नम्बर २ कै उज्यालो टोल विकास संस्थाका अध्यक्ष लक्ष्मी देवकोटा, रामेश्वर टोल विकास संस्थाकी अध्यक्ष निर्मला कडिरिया, धर्मध्वज आमा समूहकी अध्यक्ष उमिता गुरुङ, रामकृष्ण टोल विकास संस्थाका अध्यक्ष प्रकाश आचार्य, रामकृष्ण आमा समूहकी अध्यक्ष अप्सरा शर्मा, बालकुमारी कन्या माध्यमिक विद्यालयका शिक्षक इन्द्र पोखरेल, मितेरी टोल विकास संस्थाका अध्यक्ष दीपक लम्साल लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवी तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा संस्थाद्वारा संरक्षणमा रहेका बालबालिकाले गीत तथा नृत्य प्रस्तुत गर्दै कार्यक्रमलाई आकर्षक बनाएका थिए। अनाथ तथा असहाय बालबालिकाको संरक्षण, पालनपोषण र शिक्षामा ब्राइट स्टार समाज नेपालले राज्यको जिम्मेवारी पूरा गर्दै आएको विषय कार्यक्रममा विशेष रूपमा उल्लेख गरिएको थियो।
प्रमुख अतिथि वडा अध्यक्ष मनोज रानाभाटले संस्थाले राज्यले गर्नुपर्ने जिम्मेवारी वहन गर्दै बालबालिकाको भविष्य निर्माणमा योगदान पुर्याइरहेको उल्लेख गर्नुभयो। उहाँले आगामी दिनमा संस्थालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै, संस्थामा संरक्षणमा रहेका बालबालिका अध्ययनरत सामुदायिक विद्यालयमा लाग्ने अतिरिक्त शुल्क पूर्ण रूपमा मिनाहा गराउन आफूले पहल गर्ने बताउनुभयो। अन्य अतिथिहरूले पनि संस्थाको कार्यप्रति प्रशंसा व्यक्त गर्दै निरन्तर सहयोग र सहकार्यको आवश्यकता औँल्याउनुभएको थियो।
कार्यक्रमको अन्त्यमा संस्थाकी अध्यक्षले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण सहयोगदाता, अतिथि तथा उपस्थित सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै दशौँ वार्षिक साधारण सभा तथा सामाजिक लेखा परीक्षण कार्यक्रम औपचारिक रूपमा समापन गर्नुभएको थियो।–00–


