जन्मदिनकाे अवसरमा विद्यार्थीलाई मुना मासिक तथा शिक्षकलाई साहित्यिक पुस्तक वितरण

खैरहनी, २९ मङ्सिर । खैरहनी नगरपालिकाका शिक्षा अधिकृत सुमन सिल्वाल उर्फ कवि सामना पहाडले आफ्नाे जन्मदिनकाे अवसरमा खैरहनी माध्यमिक विद्यालयका कक्षा २ देखि ५ सम्मका सबै बालबालिकाहरूलाई मुना मासिक बालपत्रिका र शिक्षकहरूका लागि साहित्यिक पुस्तकहरू उपलब्ध गराउनु भएका छन् ।

 

कवि पहाडको आज मङ्सिर २९ र उहाँका श्रीमान शर्माको मङ्सिर २५ गते जन्मदिन हो । दुबैजनाले संयुक्तरूपमा जन्मदिन मनाउने योजना अनुरुप खैरहनी माविमा पुस्तक र पत्रपत्रिका वितरण गर्नुभएको हो । विद्यार्थी तथा शिक्षकहरूकाे पठन सँस्कृतिकाे विकास गर्न तथा आफ्नाे जन्मदिनलाई रचनात्मक बनाउनका लागि पुस्तक तथा पत्रपत्रिका वितरण गरिएकाे वहाँले बताउनु भयाे ।

 

विद्यालयमा एक कार्यक्रमको आयोजना गरी प्रधानाध्यापक गोपाल शर्मालाई सामग्री उपलब्ध गराइएको हो । पुस्तक वितरण कार्यक्रममा नगर प्रमुख शशिकुमार खनिया, उपप्रमुख कविता उप्रेती, प्रमुख प्रसाशकीय अधिकृत नेत्र पौडेल, शिक्षा निर्देशक राजु बानियाँलगायतको उपस्थिति थियो ।

Share:

सम्बन्धित समाचारहरु