फागुन २३ एजेन्सी । युक्रेनमा दुई सैनिकले युद्धमा खटिएकै बेलामा विवाह गरेका छन् । उनीहरुले सैनिक पोसाकमा नै विवाह गरेका हुन् ।
रुसको आक्रमणपछि युक्रेनमा त्रास छ, डर छ । सेनासहित देशका नागरिकाहरु सुरक्षाका लागि जुटेका छन् । यसैबीच युक्रेनको राजधानी किभको बाहिरी क्षेत्रमा मुलुकको क्षेत्रीय रक्षाबलका एक जोडीले भने युद्धकै क्रममा विवाह गरेका छन्। भलेरी फिलिमोनोभ र लिसया इभास्चेन्कोले सैन्य पोसाकमै बिहे गरेका हुन्।वैवाहिक समारोहमा युक्रेनको सशस्त्र सेनाका जवान र किएभका मेयर समेत उपस्थित रहेका बीबीसीले जनाएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार २२ वर्षदेखि सँगै बसिरहेका उनीहरु रुससँग जारी युद्धमा फ्रन्टलाइनमा रहेर लडिरहेका छन्। रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि लिसियाले अर्को जागिर छाडेर सेनामा भर्ती भएकी हुन्। उनले सेनामा भर्ती हुनुभन्दा पहिला भलेरीलाई देखेकी थिइनन्।विवाह गरेपछि उनले भनिन्, ‘मलाई खुसी लागेको छ कि हामी जीवित छौं। आजको दिनमा मेरा पति जीवित छन् र मसँग छन्।’ उनले भोलि के हुन्छ भन्ने कसैलाई पनि थाहा नभएको भन्दै आज मुलुक र भगवानको अगाडि आफूले विवाह गरेको बताइन्। उनले यो युद्धमा युक्रेनको जित हुने विश्वाससमेत व्यक्त गरिन्।