माडीमा चार दिने कालभैरव पूजा कार्यक्रम सुरु हुने

रेशम सापकोटा

चितवन — माडी नगरपालिका–९ सेतो पहिरोस्थित कालभैरव मन्दिरमा मिति २०८२ साल मङ्सिर २३ देखि २६ गतेसम्म चार दिने विशेष पूजा आयोजना हुने भएको छ।

कार्यक्रम मङ्सिर २३ गते विधिवत् पूजाबाट सुरु हुनेछ। सो दिन मन्दिरमा गजुर र मौला स्थापना गरी विशेष पूजाआजा गरिनेछ। २४ र २५ गते नियमित पूजा–अनुष्ठान चल्नेछ भने, २६ गते पुजा, भव्य बाजा–गाजा र भजन–कीर्तनसहित औपचारिक समारोहमार्फत पूजा समापन गरिनेछ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रेम आचार्यका अनुसार, गत वर्ष मन्दिर निर्माण र कालभैरवनाथको मूर्ति अनावरण भएयता दैनिक पूजा नियमित रूपमा भइरहेको छ र भक्तजनको उपस्थिती रहँदै आएको छ।

विशेष गरी मार्ग कृष्णपक्षको तिथिमा पर्ने कालभैरव जयन्तीको अवसरमा यहाँ वार्षिक भव्य पूजा कार्यक्रम सञ्चालन हुन्छ। कालभैरवनाथ देवताको पूजा र आराधनाबाट घर–परिवारमा सुरक्षा, कल्याण र सकारात्मक ऊर्जा प्राप्त हुने विश्वास रहेको छ। –00–

Share:

सम्बन्धित समाचारहरु