निर्वाचन आयोगद्वारा देशभर मतदानस्थल बढाइयो

काठमाडौं । निर्वाचन आयोगले देशभरका मतदानस्थल पुनरावलोकन गर्दै ७५ नयाँ मतदानस्थल थप गरेको छ। मतदातालाई सहज र पहुँचयुक्त वातावरण प्रदान गर्ने उद्धेश्यले पुनरावलोकन गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

आयोगका अनुसार संरचनागत रूपमा जीर्ण, उपयोगमा नरहेका वा मतदातालाई अपायक रहेका ९३ मतदानस्थल खारेज गरिएको छ।

यसअघि देशभर १० हजार ८९२ मतदानस्थल रहेका थिए। पुनरावलोकनपछि थपिएका ७५ नयाँ स्थानसहित अब १० हजार ९६७ मतदानस्थल कायम भएको प्रवक्ता भट्टराईले बताए। आयोगले आगामी निर्वाचनमा मतदाताको पहुँच र व्यवस्थापन थप सहज हुने विश्वास व्यक्त गरेको छ।–00–

Share:

सम्बन्धित समाचारहरु