चितवनमा जेनजी आन्दोलन: तोडफोड–आगजनीमा संलग्न ४३ जना पक्राउ

चितवन । चितवनमा जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न ४३ जनालाई प्रहरीले पक्राउ गरी कानुनी कारबाही अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न उजुरीका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका सूचना अधिकारी डीएसपी रवीन्द्र खनालका अनुसार पक्राउ परेकामाथि आपराधिक उपद्रव, चोरी, अभद्र व्यवहार र लागुऔषधसम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ। आन्दोलनका नाममा सरकारी तथा निजी सम्पत्तिमा क्षति पुर्‍याउने, लुटपाट गर्ने र आगजनी गर्ने व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने लक्ष्यसहित कारबाही गरिएको उनले बताए।

जिल्ला प्रशासन कार्यालय चितवनका तथ्यांक अनुसार आन्दोलनका क्रममा ७९ वटा सार्वजनिक संरचना, १६ वटा निजी आवास तथा व्यावसायिक प्रतिष्ठान, र तीन वटा पार्टी कार्यालयमा तोडफोड, आगजनी तथा लुटपाट भएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु