कालिका, ३० बैशाख । कालिकाको खगेरी पुलदेखि गडुवा चोक सम्मको सडक मर्मत हुनेभएको छ ।
भरतपुर जोड्ने खगेरी पुल सम्मको सडक तथा बीपी चोक देखि पूर्व वडानं. ४ को कार्यालय तर्फको सडक समेत मर्मत हुन लागेको हो । सडक मर्मतका लागि सैयन कन्स्ट्रक्सनले जिम्मा पाएको छ । २०८१ असोज महिनाभित्र मर्मतगरिसक्नुपर्नेगरी कालिका नगरपालिका र कन्स्ट्रक्सनबीच सम्झौता भएको छ ।
भ्याट र पि.एस सहित १ करोड ३३ लाख ५ हजार १ सय ६४ रुपैयाँ खर्च गरेर सडक मर्मत गर्न लागिएको कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मीले जानकारी दिनुभयो । नगरपालिकाको आन्तरिक स्रोतवाट सडक मर्मत गर्न लागिएको हो । खेगरीखोला देखि गडुवा चोक सम्मको सडक भत्किएकाले यात्रुहरुले सास्ती भोग्नुपरेको थियो । –00–