सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, मंसिर ८ — स्थानीय बजारमा सोमबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले घटेर २ लाख ४२ हजार ७ सय रुपैयाँमा निर्धारण गरिएको छ। आइतबार प्रतितोला २ लाख ४४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला २० रुपैयाँले घट्दै ३ हजार ११५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारको उतार–चढावसँगै आन्तरिक बजारमा पनि दैनिक रूपमा परिवर्तन हुँदै आएको छ।–00—

Share:

सम्बन्धित समाचारहरु