काठमाडौँ । ‘जेनजी’ आन्दोलनको क्रममा चितवन कारागारबाट फरार रहेका एक बन्दी झापामा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्का का अनुसार पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–८ का २९ वर्षीय आशिष सुब्बा छन्। सुब्बा सालकको अखेटोपहारसम्बन्धी मुद्दामा चितवन कारागारमा थुनामा थिए।
प्रहरीले खोजी अभियान सञ्चालन गर्दै जाँदा सुब्बा आइतबार आफ्नै घरबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ परेका हुन्। पक्राउपछि उनलाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ। आवश्यक प्रक्रिया पूरा गरी सुब्बालाई पुनः चितवन कारागारमै पठाइने प्रहरीको भनाइ छ।–00–


