धनुषामा ६२ वर्षीया महिलाको धारिलो हतियार प्रहार गरी हत्या, एक पक्राउ

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिका–७ नौवाखोरमा एक महिलाको बीभत्स हत्या भएको छ। मृतक ६२ वर्षीया चन्द्रकला देवी दासको सोमबार साँझ घरदेखि करिब ५०० मिटर टाढा खेतमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

धनुषा प्रहरीका प्रवक्ता डीएसपी गणेश बमका अनुसार चन्द्रकलाको टाउको र अनुहारमा धारिलो हतियारले प्रहार गरिएको थियो। घटनाबारे राति करिब ९ बजे जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।

घटनापछि प्रहरीले एकजनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ। साथै, मृतक महिलाले लगाएका सुनचाँदीका गरगहना समेत लुटिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।–00–

Share:

सम्बन्धित समाचारहरु