जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न ४ जना पक्राउ

काठमाडौं — जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी घटनामा संलग्न रहेको आरोपमा भक्तपुरबाट चार जना पक्राउ परेका छन्।

पक्राउ परेकामध्ये चाँगुनारायण नगरपालिका–२, दुवाकोटका ३३ वर्षीय किरण दुवाल, कपिलवस्तु घर भई सानोठिमी बस्ने २३ वर्षीय सागर मगर, रामेछाप खाँडादेवी गाउँपालिका–६ घर भई भक्तपुरको मगरगाउँ बस्ने १९ वर्षीय हिमाल श्रेष्ठ र रौतहट दुर्गा भगवती गाउँपालिका–१ घर भई हाल भक्तपुर बस्ने २४ वर्षीय सञ्जितकुमार ठाकुर रहेका छन्।

उनीहरूलाई मध्यपुर थिमी नगरपालिका–५ राधेराधे स्थित यातायात व्यवस्था कार्यालय र वडा नं. २ मा रहेको प्रहरी प्रभाग सानोठिमीमा भएको तोडफोड तथा आगजनी घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

भक्तपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश जबेगुले पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।–00–

Share:

सम्बन्धित समाचारहरु