इनर ह्वील क्लब अफ भरतपुर सिटीद्वारा ब्राइटर स्टार समाजलाई सहयोग

– रेशम सापकोटा

चितवन । इनर ह्वील क्लब अफ भरतपुर सिटीले आइतबार भरतपुर–१०, श्री ब्राइटर स्टार समाज, नेपालमा आफ्नो ५८औं नियमित बैठक तथा पाँचौँ च्यारिटीडेको उपलक्ष्यमा आर्थिक तथा स्टेशनरी सहयोग वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

कार्यक्रम क्लबकी अध्यक्ष मीना गुरुङको सभापतित्वमा भएको बैठकमा सदस्यहरूले नियमित गतिविधि, आगामी सामाजिक कार्यक्रमको योजना र संस्थागत उत्तरदायित्वका विषयमा छलफल गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि इनर ह्वील जिल्ला ३५० की जिल्ला सचिव बिनिता भट्टराई रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा क्लबकी पूर्व अध्यक्ष विना श्रेष्ठ र च्यारिटीडे अध्यक्ष शोभा गौतम खड्का उपस्थित रहनुभएको थियो।

अन्य अतिथिहरूमा इनर ह्वील क्लब अफ भरतपुरकी अध्यक्ष माया न्युरे, क्लब डिभाइनकी अध्यक्ष शर्मिला गुरुङ, श्री ब्राइटर स्टार समाजकी अध्यक्ष अप्सरा देवकोटा, पूर्व अध्यक्ष सनुजा श्रेष्ठ, पूर्व अध्यक्ष सीता श्रेष्ठ, उपाध्यक्ष लक्ष्मी खड्का केसी, सल्लाहकार कोपिला गुरुङ तथा क्लबका पदाधिकारी र साधारण सदस्यहरू सहभागी थिए।

 

च्यारिटीडेको अवसरमा क्लबले केक काट्ने कार्यक्रम, स्टेशनरी सामग्री वितरण र रु. १०,००० आर्थिक सहयोग ब्राइटर स्टार समाज नेपाललाई प्रदान गरेको थियो।

अध्यक्ष मीना गुरुङले भन्नुभयो- हाम्रो क्लबले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्दै आइरहेको छ। पाँचौँ च्यारिटीडेको अवसरमा गरिब विद्यार्थीलाई सहयोग गर्नु हाम्रो संस्थागत उद्देश्यको प्रतिफल हो। यसले समाजमा सकारात्मक प्रभाव पार्नेछ र सदस्यहरूमा सेवा भाव प्रवद्र्धन गर्नेछ।

क्लबका अनुसार सो कार्यक्रमले सामाजिक सेवा, सहकार्य र सकारात्मक संलग्नताको भावना प्रवद्र्धन गरेको छ। सार्वजनिक हित र सामाजिक उत्तरदायित्वका साथ आयोजना गरिएको कार्यक्रम अध्यक्ष मीना गुरुङको सभापतित्वमा सफलतापूर्वक सम्पन्न भएको हो ।

 

–00—

Share:

सम्बन्धित समाचारहरु