काठमाडौं । अमेरिकाको केन्टुकी राज्यस्थित लुईभिले एयरपोर्टमा उडान तयारीका क्रममा यूपीएस कार्गो विमान दुर्घटनामा परेको छ।
दुर्घटनापछि विमानमा ठूलो आगलागी भएको छ। तीन जनाको मृत्यु भएको पुष्टि गरिएको छ भने अन्य ११ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ।
प्रत्यक्षदर्शीहरूका अनुसार विमानमा लागेको आगोको लप्का टाढाबाटै देखिन्थ्यो। विमानमा झण्डै ३८ हजार ग्यालेन इन्धन रहेको बताइएको छ, जसका कारण आगो तीव्र रूपमा फैलिएको हो।
दुर्घटनाले एयरपोर्ट आसपासका केही व्यापारिक प्रतिष्ठानहरूमा समेत क्षति पुर्याएको बताइएको छ। विमान कम्पनी यूपीएसका अनुसार विमानमा चालक दलका तीन सदस्य सवार थिए। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।–00–


