ओमानमा आज नेपाल र कतार आमनेसामने

काठमाडौं ।

आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनल सुपर–६ को दोस्रो खेलमा नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्दै छ। खेल ओमानको अल अमेरत मैदानमा नेपाली समयअनुसार राति ८ः४५ बजे सुरु हुनेछ।

नेपाल आज लगातार चौथो जितको खोजीमा छ। यसअघि समूह चरणमा अपराजित रहँदै सुपर–६ पुगेको नेपालले पहिलो खेलमा यूएईलाई एक रनले पराजित गरेको थियो।

समूह ‘बी’बाट आएको नेपालले समूह चरणमा कुवेतलाई ५८ रनले तथा जापानलाई पाँच विकेटले हराएको थियो।
त्यस्तै, समूह ‘ए’को उपविजेता कतारले समूह चरणका दुईमध्ये एक खेलमा मात्र जित निकाल्दै सुपर–६ पुगेको हो। सुपर–६ को पहिलो खेलमा कतार ओमानसँग ३४ रनले पराजित भएको थियो।

सुपर–६ चरणमा नेपालले पाँचमध्ये चार टिमसँग प्रतिस्पर्धा गर्नेछ — यूएई, कतार, ओमान र समाओ।
नेपालले आफ्नै समूहबाट आएको जापानविरुद्ध भने खेल्ने छैन। सुपर–६ मा खेलहरू डबल राउन्ड रोबिन पद्धतिमा सञ्चालन हुँदै छन्।

Share:

सम्बन्धित समाचारहरु