भीआईपी सुरक्षामा खटिएका २७१ सुरक्षाकर्मी फिर्ता

काठमाडौं । भीआईपी र भीभीआईपीका लागि मापदण्ड विपरीत खटाइएका २७१ सुरक्षाकर्मी फिर्ता भएका छन्।

गृहमन्त्रीस्तरीय निर्णयअनुसार २३ असोजदेखि सुरक्षाकर्मी फिर्ता गर्ने काम सुरु गरिएको थियो। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार फिर्ता भएकामध्ये १७४ जना नेपाल प्रहरी७४ जना सशस्त्र प्रहरीका छन्।

विशिष्ट व्यक्तिहरुको सुरक्षा कार्यविधि, २०७७ अनुसार पूर्वप्रधानमन्त्रीलाई १८ जना मात्र सुरक्षाकर्मी तोकिएको छ। तर पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’केपी शर्मा ओलीले मापदण्डभन्दा दोब्बर बढी सुरक्षाकर्मी राखेका थिए।

अन्य पूर्वविशिष्ट र बहालवाला व्यक्तिहरूका अतिरिक्त सुरक्षाकर्मीसमेत फिर्ता गरिएपछि उनीहरू अब नियमित ड्युटीमा खटिने भएका छन्।

Share:

सम्बन्धित समाचारहरु