चितवनमा सवारी आवागमन राति ९ बजेपछि बन्द हुने

चितवन, । चितवनमा सवारी आवागमनको तालिका संशोधन गरिएको छ। आज साँझ ६ बजेदेखि सवारी बन्द गर्ने भनिए पनि अब राति ९ बजेपछि मात्रै बन्द गरिने भएको छ।
चितवनका प्रहरी प्रमुख गोविन्द पुरीका अनुसार परिस्थिति हेरेर तालिका परिमार्जन गरिएको हो।

रातिको समयमा नारायणघाट–मुग्लिन र मुग्लिन–मौवा खोला सडक खण्ड मात्रै बन्द गरिनेछ, किनभने यी सडक भाग बढी जोखिमपूर्ण मानिन्छन्।
तर पूर्व–पश्चिम राजमार्ग निर्वाध सञ्चालन हुनेछ।


चितवनबाट बुटवलतर्फ जाने र मकवानपुरतर्फ जाने सवारी साधनहरु चल्न पाउनेछन्। चितवन प्रशासनले भने मनसुनको जोखिम कायमै रहेको भन्दै रातिदेखि भोलि बिहानसम्म आवागमन बन्द गर्ने निर्णय गरेको छ, किनभने पहिरो खस्ने सम्भावना उच्च छ।

यसअघि हिजो पनि साँझ ६ बजेदेखि सडक बन्द गरिएको थियो।
प्रहरीले सवारी चालक तथा यात्रुहरुलाई राति ९ बजेभित्र चितवन भित्रिन वा बाहिरिन आग्रह गरेको छ र भित्र प्रवेश गरेका सवारीलाई लेन अनुशासन पालना गरी सुरक्षित रहन अनुरोध गरेको छ।

मौसमको अवस्था अनुसार आवागमनबारे थप जानकारी पछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ। –00–

Share:

सम्बन्धित समाचारहरु