चितवनका सन्देश राई बने ICN SA 2025 का Overall Champion — एकैपटक पाँच उपाधि!

चितवन । नेपालका प्रतिभाशाली युवा सन्देश राईले अस्ट्रेलियामा सम्पन्न ICN SA 2025 (I Compete Natural South Australia) प्रतियोगितामा कुल ५ उपाधि जित्दै ऐतिहासिक उपलब्धि हासिल गरेका छन्।

फिटनेस र बडीबिल्डिङको प्रतिष्ठित मञ्चमा सन्देशले आफ्नो अदम्य परिश्रम, अनुशासन र समर्पणको बलमा पाँचवटा शीर्षक आफ्नो नाममा लेखेका छन्।

 

उनीले जितेका उपाधिहरू यस प्रकार छन्:
🏆 Men’s Physique Open Class 1 – 1st Position
🏆 Men’s Physique 1st Timer – 1st Position
🏆 Men’s Physique Novice – 1st Position
🥈 Men’s Classic Physique – 2nd Position
🏆 Men’s Physique Overall Champion SA 2025 (साउथ अस्ट्रेलियाको सर्वोत्कृष्ट विजेता)

यो सफलता सन्देश राईको मात्र नभई सम्पूर्ण नेपाली समुदायको गौरव हो। उनका अनुसार यो यात्रा सजिलो थिएन — कठोर मेहनत, अनुशासित जीवनशैली र निरन्तर लक्ष्यप्रतिको दृढताले उनलाई यो मुकाममा पुर्‍याएको हो।

सन्देशले भावनात्मक शब्दमा भने —

“यो जित मेरो मात्र होइन, नेपालका हरेक युवाको हो जसले आफ्नो सपना पछ्याउँदै परदेशमा पनि देशको नाम उज्यालो बनाइरहेका छन्।”

उनको सफलताको पछाडि निरन्तर साथ र प्रेरणा दिने व्यक्ति हुन् उनकी जीवनसंगीनी निशा श्रेष्ठ (Nisha Shrestha)। सन्देशले धन्यवाद व्यक्त गर्दै भने,

“निशाको सहयोग र हौसला बिना यो सम्भव हुने थिएन। उनले हरेक कठिनाइमा मलाई प्रेरणा दिइन्, विश्वास दिलाइन् र सधैं सपनामा साथ दिइन्।”

Share:

सम्बन्धित समाचारहरु