नेपाल आज पहिलोपटक वेस्ट इन्डिजविरुद्ध मैदानमा

काठमाडौं ।

नेपालले आज (शनिबार) आफ्नो क्रिकेट इतिहासमै पहिलोपटक टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ। नेपाली राष्ट्रिय टोलीले यूएईस्थित सारजाह क्रिकेट मैदानमा टी–२० अन्तर्राष्ट्रिय (आई) सिरिजअन्तर्गत पहिलो खेल खेल्दैछ। खेल नेपाली समयअनुसार राति सवा ८ बजेपछि सुरु हुने कार्यक्रम छ।

तीन खेलको यो सिरिजअन्तर्गत नेपालले दोस्रो खेल सोमबार र अन्तिम तथा तेस्रो खेल मंगलबार खेल्नेछ। वेस्ट इन्डिजजस्तो बलियो टोलीविरुद्ध नेपालले पहिलो खेल खेल्न लागेकाले क्रिकेटप्रेमीहरूमा उत्साह बढेको छ।

सिरिज सकिएलगत्तै नेपाली टोली ओमान प्रस्थान गर्नेछ। त्यहाँ अर्को सातादेखि सुरू हुने आईसीसी टी–२० एसिया कप क्षेत्रीय छनोटका लागि नेपालले तयारी गर्नेछ। यस कारण वेस्ट इन्डिजविरुद्धको सिरिजलाई नेपाली टोलीले महत्त्वपूर्ण अभ्यासको रूपमा लिएको छ।

Share:

सम्बन्धित समाचारहरु