सल्यानमा जीप दुर्घटना, तीन जनाको मृत्यु

दाङ । रुकुमबाट दाङतर्फ आउँदै गरेको जीप सल्यानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

आज बिहान लु २ ख ६५०२ नम्बरको जीप कपुरकोट–३ चोरखोला क्षेत्रमा सडकबाट करिब ४ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुर्घटनामा एक महिला र दुई पुरुषको घटनास्थलमै मृत्यु भएको छ भने एक महिला र एक पुरुष गम्भीर घाइते भएका छन् । घाइतेहरूलाई थप उपचारका लागि दाङ ल्याइएको प्रहरीले जानकारी दिएको छ ।

मृतक तथा घाइतेहरूको नाम ठेगाना खुल्न बाँकी रहेको छ ।

Share:

सम्बन्धित समाचारहरु