भारत अब कसैमाथि निर्भर हुँदैन : प्रधानमन्त्री मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतजस्तो ठूलो देशले अब कसैमाथि निर्भर रहन नसक्ने बताएका छन्।

बिहीबार उत्तर प्रदेशमा आयोजित अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री मोदीले आत्मनिर्भर भारत (Self-Reliant India) को अवधारणा अघि सारेका हुन्।

“भारत जस्तो देशका लागि अब कसैमाथि निर्भरता स्वीकार्य छैन। त्यसैले, भारत अब आत्मनिर्भर हुनुपर्छ,” उनले उद्घाटन कार्यक्रममा भने। मोदीका अनुसार भारतले सन् २०४७ सम्ममा विकसित राष्ट्र बन्ने लक्ष्यसहित अघि बढिरहेको छ। “विश्वमा अवरोध र अनिश्चितता भए पनि भारतको वृद्धि प्रभावशाली छ,” उनले दाबी गरे।

प्रधानमन्त्री मोदीले विभिन्न चुनौतीका बीच पनि भारतले आगामी दशकहरूका लागि मजबुत आधार निर्माण गरिरहेको बताए। “यो हाम्रो संकल्प हो, हाम्रो मन्त्र हो र आत्मनिर्भर भारत हो,” उनले भने।

मोदीले भारतमा चिप्सदेखि जहाजसम्म सबै वस्तु उत्पादन गर्ने लक्ष्य राखिएको उल्लेख गर्दै विदेशी आयातमा निर्भरता घटाउने प्रतिबद्धता दोहोर्याए।–00—

Share:

सम्बन्धित समाचारहरु