चितवन ।
मुग्लिन–नारायणघाट सडकखण्डको तुईन खोला पुल नजिक हिजो दिउँसो करिब ४:५० बजेतिर ठूलो पहिरो खसेपछि उक्त सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । सडक अबरुद्ध हुँदा नारायणगढ–मुग्लिनमार्ग हुँदै यात्रामा रहेका सवारीसाधन रोकिएका छन् भने यात्रुहरूले लामो समयदेखि सास्ती खेपिरहेका छन् ।
सडक डिभिजन, जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाउन मेसिनरी र जनशक्ति परिचालन गरिए पनि ढुंगामाटोको मात्रा ठूलो भएकाले काम सम्पन्न गर्न आज दिनभरजसो लाग्ने अनुमान गरिएको छ ।
यस क्रममा यात्रुहरूलाई अनावश्यक जोखिम बेहोर्नु नपरोस् भन्ने उद्देश्यले सम्बन्धित निकायले उक्त मार्ग प्रयोग नगरी वैकल्पिक सडकमार्ग रोज्न अनुरोध गरेका छन् । आपतकालीन अवस्था वा अत्यावश्यक यात्राका लागि सवारीधनी तथा यात्रुले सम्बन्धित निकायसँग सम्पर्क गरेर मात्र यात्रा योजना बनाउन पनि आग्रह गरिएको छ ।
यस सम्बन्धमा थप जानकारीका लागि निम्न सम्पर्क नम्बर उपलब्ध गराइएको छः
-
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्र.ना.उ. रविन्द्र खनाल : ९८५५०१३९९९
-
जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी मदन लामा थिङ : ९८५५०९२२००
-
सडक डिभिजन भरतपुरका सूचना अधिकारी ई. कृष्णप्रसाद आचार्य : ९८५५०९२२१८
अवरोध हटाएर सडक यथाशीघ्र सञ्चालनमा ल्याउने सम्बन्धित निकायले जनाएको छ ।



