मन्त्री महावीर पुन आजदेखि मन्त्रालयमै बस्ने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन आजदेखि मन्त्रालयमै बस्ने भएका छन् ।

सोमबार सपथ लिएर पदभार ग्रहण गरेपछि पुनले मन्त्रालयमै बस्ने इच्छा व्यक्त गरेका थिए । त्यसअनुसार केशर महलमा उनको बसोबासको व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।

‘कोठा भेटियो । आज बेलुकाबाट मन्त्रीज्यू मन्त्रालयमै बस्नु हुन्छ । सुत्ने खाने सबै व्यवस्था हुन्छ,’ मन्त्रालयका सहसचिव अनिता निरौलाले बताइन् ।

सिंहदरबारभित्रको मन्त्रालय भवन जेनजी आन्दोलनमा जलाइएपछि शिक्षा मन्त्रालय केशर महलबाट सेवा प्रवाह गरिरहेको छ ।

‘सेवामा असर नपर्ने गरी कोठा तयार पारिएको छ,’ निरौलाले थपिन् ।

Share:

सम्बन्धित समाचारहरु