काठमाडौं, १ बैशाख । नेपाल वायुसेवा निगमले अगामी जेठ दोस्रो सातादेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसियाको क्वालालम्पुर र भारतको दिल्ली उडान गर्ने तयारी गरेको छ ।
त्यसका लागि निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले वाणिज्य विभागका उपनिर्देशक सन्तोश पाण्डेको नेतृत्वमा एक विशे स्पेसल टास्क फोर्स गठन गरेका छन् । जसले आवश्यक उडान अनुमति, जनशक्ति, प्राविधिक तयारी, बजारीकरणलगायतका काम गर्नेछ ।
उडान अनुमतिका लागि सम्बन्धित देशहरूमा समन्वयको काम अगाडि बढाइसकेको र अनुमति आउनासाथ बुकिङ खुला गरिने निगमा प्रवक्ता रमेश पौडेलले जानकारी दिए । उनका अनुसार निगमले सुरुमा हप्ताको एक उडान गर्ने तयारी गरेको छ । विस्तारै बजारको मागअनुसार उडान बढाउँदै लगिने योजना रहेको प्रवक्ता पौडेलको भनाइ छ ।–00–


