नारायणीले देवघाटमा नाघ्यो खतराको तह,चितवनको विभिन्न पाँच स्थानमा भारी वर्षा

चितवन, १२ असोज । चितवनको विभिन्न पाँच स्थानमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार चितवन लगायत देशभरका ९८ स्थानमा अहिले पनि भारी वर्षा भइरहेको छ । भारी वर्षाका कारण नारायणी लगायतका विभिन्न नदी र खोलाहरुमा ठूलो बाढी आएके छ ।

 

पछिल्लो २४ घण्टामा चितवनको त्रिशूली नदीको कालीखोलामा २७६।२ मिलिमिटर, कल्याणपुरमा २९१ मिलिमिटर, शक्तिखोरमा २३१।८ मिलिमिटर, नारायणी फिल्ड अफिस आसपास २४७।४ मिलिमिटर, झुवानीमा २३८ मिलिमिटर र देवघाटमा २४४।२ मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ ।

 

नारायणी नदीले देवघाटमा खतराको तह नाघेको छ भने जलसतह अझै बढ्दो क्रममा छ । यहाँ जलसतह ९ मिटरलाई खतराको तह मानिन्छ । अहिले जलसतह १०।५७ मिटर नाघिसकेको देवघाट जलसहत मापन केन्द्रले जनाएको छ ।

नारायणगढस्थित नारायणी पुलमा जलसतहले सतर्कता तह नाघेको छ । यहाँको सतर्कता तह ११ मिटर रहेकामा जलसतह बढेर १२।७२ मिट पुगेको छ । नारायणी लगायत विभिन्न १३ वटा नदी तथा खोलामा बाढीले खतराको तह नाघेको छ ।–00–

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु