नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा

चितवन — चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा गएको पहिरो पूर्णरूपमा हटाएपछि सोमबार साँझदेखि नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ।

शुक्रबार साँझ गएको पहिरोका कारण सडक अवरुद्ध भएको थियो। त्यसपछि आइतबार दिउँसो सवा ४ बजेदेखि एकतर्फी मात्र यातायात सञ्चालनमा आएको थियो। तर, पहिरोको जोखिम कायमै रहेकाले आइतबार राति ९ बजेदेखि सोमबार बिहान ५ बजेसम्म जिल्ला सुरक्षा समितिले सडक पूर्णरूपमा बन्द गरेको थियो।

सोमबार बिहानदेखि फेरि एकतर्फी गाडी चलाइए पनि दिउँसो १ बजेदेखि सडकमा गाडी रोकेर पहिरो सफा गर्ने काम सुरु गरिएको थियो। दिउँसो ३ बजेसम्म मात्र बन्द गर्ने भनिए पनि काम लम्बिँदा साँझ साढे ५ बजेतिर मात्र दुईतर्फी आवागमन सहज भएको भरतपुर डिभिजन सडक कार्यालयका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए। –00–

Share:

सम्बन्धित समाचारहरु