विराटनगर । झापामा जंगली हात्तीको आक्रमणबाट एक युवक घाइते भएका छन्।
मेचीनगर नगरपालिका–१३ स्थित हातेमालो सामुदायिक वनमा बुधबार साँझ जंगली हात्तीले आक्रमण गर्दा स्थानीय २६ वर्षीय आकाश दाहाल घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार बेलुकी करिब ६ बजे दाउरा संकलन गर्न वनमा गएका बेला हात्तीले अचानक आक्रमण गरेको थियो।
आक्रमणबाट दाहालको दाहिने खुट्टामा चोट लागेको छ। घाइते दाहालको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जनाइएको छ।–00–


